मह जोडीलाई कमेन्टदेखि भय
मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई दर्शकले फरक स्थानमा राखेका छन् भनेर भनौ । उनीहरुलाई दर्शकले हाँस्य विधाका महाअभिनेता भनेर भनेका छन् ।
यही हो कुरा, फिल्म बनाए पनि मह जोडीले दर्शकको चासो बढ्ने कारण । शत्रु गते बनाउँदा तारिफ मिलेको हो । तर, दाल भात तरकारी बनाउँदा मिलेन । गाली हजुर गाली । खुबै आयो गाली ।
गाली खाएर हलमै दिक्क भएका मह जोडीलाई युटुबमा पनि किन गाली खान मन लाग्थ्यो होला खै । यही भएर दर्शकले कमेन्ट नै गर्न नमिल्ने बनाइदिए । दर्शकले गाली वा ताली के दिन्थे के थाहा भयो र । तर, यो फिल्म हेर्दा प्रतिक्रिया दिन मिल्दैन । युुटुबमा आएको फिल्ममा २३ लाख भ्यूज गएको देखियो । नम्बर १ ट्रेन्डिङको खुशी साटेका छन् निर्माता किरण केसीले । तर, प्रतिक्रियादेखि डराएर भयो त । त्यो पनि मह जोडी, किरण केसी ।
एउटामा तारिफ वा गाली आए पो अर्को बनाउने आइडिया बन्ला । यसरी भएन है ।
प्रतिक्रिया