जेनिशाको गफै बेसी
गफ त दिनपर्छ । फिल्म क्षेत्रमा त नदिएर के गर्ने हो र खै । तर, दिने पनि हद हुन्छ होला नी । कतीसम्म दिने भनेर भनौ न त । जेनिशा केसीलाई हेरौ । गफ दिनमा उनलाई कसले सक्छ भनेर भन्ने । नेपाल आएकी छिन् उनी । नेपाल आएको बेलामा अन्तरवर्ता दिन्छिन् । तर, उनको ओहो कुरा ।
उनले सलमान खान, मिथुन चक्रवर्ती जस्ता ए लेवलका कलाकारसँग मात्र संगत गरिन् रे । यो भन्दा तलका सँग संगत भएन रे त उनको । ओहो , अरु केके हो के के ।
जेनिशाले बलिउडका नाम चलेका कलाकार भेटिन रे । उनीहरुसँग काम गर्ने कुरा पनि भयो रे । सुशान्त सिंह राजपुतसँग काम गर्ने कुरा भएको रे । तर, सुशान्तको निधन भयो रे यही बेलामा । लौ सकिएन ।
जेनिशाले फिल्म अरुको नखेल्ने भनिदिइन् । जेनिशाको नाम नेपाली फिल्ममै गतिलो बनेको होइन होला । अहिले यत्रो गफ किन होला । गफ बेसी भएन र ।
प्रतिक्रिया