अभिनेता सन्नी देवललाई २ कमान्डो सहित ११ सेक्युरिटीको सुरक्षा

बलिउडका अभिनेता सन्नी देवलको सुरक्षा बढाइएको छ। उनलाई दुई जना कमान्डो, प्रहरी तथा पिएसओसहित ११ जनाको सेक्युरिटी दिइएको हो। केहि दिन अघि सरकारले ल्याएको किसान कानूनको समर्थनमा बोलेका थिए। उनले सरकारको समर्थन गरे लगत्तै सन्नीलाई ‘वाई क्लास’ सुरक्षा दिइएको एनडिटिभीले जनाएको छ। उनी भारतीय जनता पार्टी (भाजपा)का सांसद समेत हुन्।

उनलाई सुरक्षा दिनुको कारण समेत रहेको छ। किसान कानूनको समर्थनमा बोलेपछि आन्दोलनरत किसानहरू भड्किएका थिए। जुन अहिले भारतमा आन्दोलन चर्चिरहेको छ। किसान र सरकारबीचको मामिलामा आफु नबोल्ने भन्दै ट्वीटरमा लेखेपछि केहीले समस्या उत्पन्न गर्न खोजेको बताएका थिए।  सन्नीले ट्वीटरमा लेखेका थिए,‘मलाई थाहा छ कि धेरैजसो मानिसहरूले यो अवस्थाको फाइदा उठाउन खोजिरहेका छन् र समस्या उत्पन्न गरिरहेका छन्।’

आफ्नो पाटी र आफु सधैँ किसानको पक्षमा उभिएको र उनीहरुको एजेन्ड हुनुपर्ने बताएका छन्। उनले ट्वीटरमा थप लेखेका छन्,‘उनीहरू किसानका बारेमा सोचिरहेका छैनन्। उनीहरूसँग आफ्नै एजेन्डा हुनुपर्छ। म मेरो पार्टी र किसानहरूसँग उभिन्छु र म सधैं किसान रहन्छु।’
उनले स्वीटर मार्फत सरकार र किसानबीच वार्ता गरेर मात्र समस्या सुल्झिने बताएका छन्। उनले ट्विटरमा लेखेका छन्, ’हाम्रो सरकारले सधैं किसानको हितमा सोच्छ र म पक्का छु कि सरकारले किसानहरूसँग वार्ता गरी सही परिणाम सुनिश्चित गर्छ।’