गायनमा फर्किए प्रकाश ओझा, यस्तो बन्यो प्रकाशको आवाजमा ‘भन्दे’ (भिडियो)

ओएसआर डिजिटल प्रा.लि.को प्रोडक्सनमा म्युजिक भिडियो ‘भन्दे’ रिलिज भएको छ । युट्युव च्यानल ओएसआर डिजिटलमार्फत् बुधबार दिउँसो उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।

सार्वजनिक गीतमा चर्चित गायक प्रकाश ओझाले स्वर दिएका छन् । लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गर्दैछन् ।

‘भत्काई दिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’, जस्ता चर्चित गीतका गायक ओझा कमेडी फ्लेभरको गायनमा चर्चित मानिन्छन् । उनी हाँस्य कलाकार पनि हुन् ।

सार्वजनिक गीत ‘भन्दे’ मा शब्द र संगीत पनि ओझाकै रहेको छ । भिडियोमा अभिनेता मुकुन भुषाल, रविन्द्र झासँगै अभिनेत्रीहरु पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् ।

बसन्त निरौलाले भिडियोलाई निर्देशन गरेका हुन् । छायांकन सुदिप बरालले गरेको भिडियोमा सम्पादन सुप्रिम पराजुलीको छ । यो भिडियोमा जोडिएको निरौला नेतृत्वको टिमले ओएसआरसँगको सहकार्यमा विभिन्न चर्चित हाँस्य कलाकारहरुको साथमा एक वेभ सिरिजसमेत तयार गरिसकेको छ ।