फिल्म ‘आदिपुरुष’ का कारण सैफ अलि र निर्देशक ओम रावत कानुनी निगरानीमा
बलिउड अभिनेता सैफ अलि खान र ’आदिपुरुष’ का निर्देशक ओम रावत कानुनी निगरानीमा परेका छन्। सैफले ‘आदिपुरुष’ मा रावणलाई मानवीय रुपमा चित्रण गरिने भनाइ राखेका कारण कानुनी निगरानीमा राखिएको हो।उनीहरु विरुद्ध नागरिक अदालतका अधिवक्ता हिमांशु श्रीवास्तवले धारा १५६ (३) अन्तर्गत अधिवक्ता उपेन्द्र विक्रम सिंह मार्फत मुद्दा दर्ता गराएका हुन्।
सैफ र ओम विरुद्ध उत्तर प्रदेशस्थित जौनपुर जिल्लाको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट, एसिजेएममा मुद्धा दर्ता गरिएको हो। यस विषयमा अदालतले डिसेम्बर २३ तारिखमा अर्को सुनुवाईको लागि समय तोकेको छ। भगवान रामबारे निर्माण हुने फिल्म ‘आदिपुरुष’ मा सैफ रावणसँग मिल्दोजुल्दो भूमिकामा देखिनेछन्। एक साता अघि सैफले एक अन्तर्वार्तामा ‘लक्ष्मणले रावणको बहिनी सुपर्णखाको नाक काटिदिएका थिए। त्यसैले उनले सीतालाई अपहरण गर्नुको औचित्य छ। फिल्ममा रावणको परोपकारी र मानवीय पक्ष देखाइने छ।’
प्रतिक्रिया