गोपालकाजीको निर्माणमा ‘लुँयागु तक्मा’ बन्ने
फिल्म वितरक तथा निर्मता गोपालकाजी कायस्थको निर्माणमा नेपाल भाषाको फिल्म ‘लुँयागु तक्मा’ निर्माण हुने भएको छ। हिजो एक कार्यक्रमकाबीच फिल्म ‘लुँयागु तक्मा’ को शुभमुहुर्त गरिएको हो।
सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशनमा बन्ने नेपाल भाषाको फिल्ममा एक जना पिताले आफ्ना सन्तानको उन्नतिका लागि आफ्नो जिम्मेवारी बहन गरेर हुर्काउने तर छोराछोरीहरुलाई भने माया बढी हुने विषयलाई मार्मिक ढंगले प्रस्तुत गरिने निर्देशक सुरेन्द्र तुलाधरले बताए । फिल्ममा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखु, रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ।
फिल्मबाट उठेको केहि रकम नेपाल भाषाको संगीत तथा कला क्षेत्रमा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार मानकृष्ण वावालाई सहयोग गर्ने निर्माता कायस्थले बताए। करिव ५० लाख रुपैयाँको बजेटमा निर्माण हुने यो फिल्मलाई च्यारेटी तथा अन्य विभिन्न शोबाट संकलित रकम मानकृष्णको स्वास्थ्य संरक्षण कोषमा जम्मा गरिने निर्माण संस्थाले जानकारी गराएको छ। यस फिल्ममा मानकृष्णको पनि अभिनय रहने निर्माणपक्षले जनाएको छ। फिल्मको छायांकन आगामी माघ महिनापछि गरिनेछ ।
प्रतिक्रिया