करिनाको दोस्रो सन्तानका रुपमा छोरी जन्माउने चाहाना

बलिउड अभिनेत्री करिना कपुर दोस्रो सन्तानको आमा बन्न लागेकी छिन्। उनले पहिलो सन्तानका रुपमा छोरा तैमुरलाई जन्म दिइसकेकी करिनाले दोस्रो सन्तानका रुपमा छोरी जन्माउने विचारमा छिन्।

उनी दोस्रो सन्तान छोरी भएको हेर्न चाहान्छिन्। एक छोरा र एक छोरी जन्माउने करिनाको चाहाना रहेको बुझिएको छ। सन् २०१२ मा अभिनेता सैफ अलि खानसँग विवाह गरेकी करिनाले पहिलो सन्तानका रुपमा २०१६ मा तैमुर अलि खानलाई जन्म दिएकी थिइन। अहिले तैमुर ४ वर्ष लागेका छन्। सामाजिक सञ्जालमा तैमुरका तस्विर भाइरल बनिरहेका छन्।