पौष १० गते के चल्छ ?


कुरा क्लियर भयो कि, हल व्यवसायी पौष १० गतेबाट हल खोल्न तयार भए । हल खुल्छ पनि । सरकारले कुनै हस्तक्षेप पनि गर्दैन । कुरा स्पष्ट भयो, हल खुल्ने भयो ।

फिल्मको छायांकन पनि हुने भयो । अब, बाँकी के रह्यो । कहिले खुल्छ कहिले खुल्छ भनेर भनिएको कौतुहलता सकिन लाग्यो ।

हल व्यवसायीहरुले सरकारलाई घुर्की देखाए । सरकारले आफै खोलेका हौं, हामीलाई केही नभन भन्ने अवस्था आयो । कुरा दुबैतिरबाट जित जित कै होला ।

पौष १० गते क्रिसमसको दिनबाट हल खुल्यो । हल खुल्दा बिदा पर्छ । बिदामा दर्शक कती आउने हुन् भनेर अड्कल कसलाई थाहा छैन । भारतको हेर्दा राम्रो मानिएन । भारतमा दर्शक आएका नै छैनन् । फिल्म हेर्न लायकका नआएर हो कि भनेर भनौ । अवस्था यस्तो छ ।

पौष १० गते हल खुलेकै दिन के चल्छ ? हल खुलेको दिनमा दर्शक के हेर्न आउने ? दर्शकलाई हेर्न आउनका लागि के चलाउने । तयारी त शुन्य । अब गर्ने हो भनेर भनेका छन् हल व्यवसायीले ।

नयाँ फिल्म नआउने त छ नै । पुरानो के चलाउने । खाली हल नहोला । स्क्रिनमा केही देखाउन पर्ला । देखाउने के हो । निर्मातालाई राहत दिने कुरा आएन चलचित्र संघबाट । किनभने चलचित्र संघका अनुसार हल संचालक आफैमा समस्यामा छन् । निर्माता किन फिल्म चलाउलान् अहिले ।

पौष १० गते के चल्छ हलमा ? यो प्रश्न हो आजको ।