चलचित्र संघको एकतर्फि हल खोल्ने निर्णयप्रति सरकार लचिलो

हिजो हलहरुको छाता संगठन नेपाल चलचित्र संघले पत्रकार सम्मेलनमार्फत एकतर्फी रुपमा पौष १० गतेबाट हल खोल्ने निर्णयप्रति सरकार सकारात्म देखिएको छ। फिल्म हल धरासायी भन्दै सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि हिजो चलचित्र संघले पौष १० गते देशैभर हल सञ्चालन गर्ने घोषणा गरेका थिए।

चलचित्र संघको यो एकतर्फि फिल्म हल खोल्ने चेतावनीप्रति सरकार लचिलो भएको छ। चलचित्र संघको निर्णयलाई सररकारले सकारात्मक रुपमा लिएको छ । संघको कडा निर्णयप्रति सरकार लचिलो बन्दै पौष १० गतेबाट हल खोल्न दिने सरकारको पुगेको बुझिएको छ।

हिजो संघको विभिन्न माग राखि आन्दोलनको घोषणा गरे लगत्तै निर्माता संघका अध्यक्ष सहितको टोलीले उपप्रधानमन्त्री इश्वर पोखरेल र सञ्चारमन्त्री पार्वत गुरुङलाई भेटेर हल खोल्नेबारे छलफल गरेका थिए। मन्त्रीले निर्माता आकाश अधिकारीर अभिनेता शिव श्रेष्ठलाई सरोकारवालाहरुसँग बसेर छलफल गरेर निर्णय दिने बताएका थिए।

यस अर्थमा पौष १० गतेबाट व्यवसायीहरुले हल संचालन गरेता पनि सरकारले बल प्रयोग नगर्ने देखिएको छ। यदि सरकारले बल प्रयोग गरेको खण्डमा गिरफ्तारी दिन पछि नपर्ने नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले हिजै उद्घोष गरिसकेका छन्।