हेडलाइनमै किन आपत्ती वर्षालाई ?


हो, कुरा सही के हो भने कलाकार आफूलाई मनपर्ने, चित्त वुझ्ने खबर चाहन्छन् । अहिले जमाना फटाफट भयो । मानिसहरु युटुबमा होस् या अनलाइनमा, शिर्षक हेर्दिन्छन् अनी आफ्नो भावना बनाइदिने गरेका छन् । यसले शिर्षक दोधार बनाउने आयो भने खत्तम ।

वर्षा सिवाकोटी अभिनेत्रीलाई पर्नु पिर पर्या छ । पर्यो पिर केको भन्दा मनोज गजुरेल हाँस्य कलाकारसँगको बिहेको कुरा । आयो खबर मनोज र वर्षा बिहे गर्दै । शिर्षक यस्तै छ ।

भित्र खोल्यो भने फरक फरक बिहेको कुरा । शिर्षकमा एकसाथ बिहेको कुरा । हैट, अब परेन फसाद । वर्षाको प्रेम बल्ल सुरु हुदै गएको हो । उता मनोज गजुरेलसँग बिहे हुन लाग्यो भनेर आइदिदा खत्तम भएन त । उनले पत्रकारलाई पत्रकारिताको पाठ नै सिकाएकी छन् । विश्वसनियता नरहला है भनेकी छिन् । अब, तर्क पत्रकारको पनि होला वर्षाका पनि होला । तर, वर्षालाई शिर्षकमै किन आपत्ती होला ।

हल आधा पनि नभरिएको बेला दर्शकको महासागर उर्लियो भनेर शिर्षक आउँदा वर्षा खुशी होलिन् कि दुखी, कुर्ने त होला ।