फिल्मको छायांकन खुल्ला गर्ने तयारीमा सरकार
सरकारले ९ महिना पछि फिल्म छायांकन फुकुवा भएको घोषणा गरेको छ। आज फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँगको भेटमा उपप्रधानमन्त्री इश्वर पोखरेल तथा सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यसै साता पत्रकार सम्मेलनबाट छायांकन खुल्ला रहने बताएका हुन्।
संघका अध्यक्ष अधिकारीले दुई मन्त्रीसँगको भेटका तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै छायांकन स्थल खुल्ला गरिन लागेको बारे जानकारी गराएका हुन्। फिल्म हल भने सरोकारवाला संघ–संस्थासँग छलफल गरेर मात्र खोल्ने जानकारी प्राप्त भएको बताए। फिल्मकर्मीले माग राख्दै आएको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गर्ने कुरामा पनि सहमती भएको कुरा अधिकारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उक्त भेटमा अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए ।
यता नेपाल चलचित्र संघले भने आगामी पुष १० गतेबाट फिल्म हल सञ्चालन गर्ने चेतावनी दिएका छन्। आज एक छलफल गर्दै पौष १० गतेबाट देशभरका फिल्म हल खोल्ने चेतावनी दिएका हुन्। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले २ अर्व भन्दा बढि फिल्म हलवालाले क्षति व्यहोर्नु परेकोले फिल्म हल जसरी नी सञ्चालन गरिने बताएका छन्। आज पत्रकार सम्मेलनमा यो कुरा जानकारी गराएका हुन्।
गत वर्षको चैत पहिलो साताबाट कोरोनाको संक्रमणबाट बच्न देश लकडाउन भएपछि फिल्म निर्माण, प्रदर्शन र वितरण पूर्ण रुपमा ठप्प भएको थियो। होटल तथा सबै क्षेत्र सञ्चालनमा आइसक्दा पनि फिल्म क्षेत्रको प्रतिबन्ध अहिलेसम्म पनि कायमै रहेको छ । फिल्म क्षेत्रमा काम गर्ने हजारौं फिल्मकर्मीहरु पलायन हुने अवस्थामा पुगेका छन्। नेपालमा सर्वाधिक हिट फिल्म निर्माण गर्ने कलाकार तथा लेखक दीपकराज गिरी चन्द्रागिरीमा फार्म हाउस खोल्न सुरु गरिसकेका छन् भने केहिले पेसा नै परिवर्तन गरिसकेका छन्।
https://www.facebook.com/akash.adhikari.5667/posts/10221647444447657
प्रतिक्रिया