जापानपछि अमेरिकामा गरिदै सुर्य ईन्टरनेशनल अवार्ड

सुर्य कर्पोरेशनले सन २०१८ देखि नेपाली संगीत र फिल्मप्रति समर्पित हुदै आयोजना थालिएको सुर्य ईन्टरनेशनल अवार्डको तेश्रो संस्करण हुने भएको छ । अवार्डको तेश्रो संस्करण अमेरिकामा गरिने आयोजकले जनाएको छ।

२०२० मै हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सकेन । सोही संस्करण २०२१ मा हुने भएको छ। यसको वारेमा जानकारी दिदै सुर्य कर्पोरेशनका अध्यक्षबासुदेव लामिछानेले यस पटकको सुर्य अवार्ड केही रोचकर फरक हुने दावी गरेका छन् । उनले जानकारी दिएअनुसार अवार्डको समपूर्ण तयारी काठमाडौंमा हुनेछ भने नोमिनेशनजापानको टोकियोमा हुनेछ । अवार्ड समारोहलाई भने थपभव्यतयारी सहित अमेरिकामा गरिने बताइएको छ ।

अन्र्तराष्ट्रिय अवार्ड समारोहमा नेपालकालागि सुर्य अवार्ड सबैभन्दामहँगो र ठूलो अवार्ड हो, सुर्य कर्पोरेशनले जनाएको छ ।नेपालकालागि डायस्पोराको ठूलो अवार्ड सुर्य ईनटरनेशनल अवार्ड हो ।पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्यबन्दै गरेको जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१८ र २०१९ सम्पन्नभईसकेको छ । जसमादर्जनौं फिल्मकर्मी र  अतिथीहरु सहभागी भएका थिए ।

यतिखेर आयोजक संस्थातेश्रो संस्करणको तयारीमा जुटेको छ । कर्पोरेशनकाअध्यक्ष लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा छन् । कर्पोरेशनले सामाजिक सञजालबाटै अवार्डको घोषणा गरेका हुन् । पहिलेको संकरणमा झै अवार्डको औपचारिक जानकारी र फर्म खुल्ला काठमाडौंमा गरिनेछ । उत्कृष्ट तीनमनोनयनमा परेका कलाकार तथाफिल्मकर्मीलाई जापानको टोकियोमा नोमिनेशन प्रमाणपत्र सार्वजनिकगरिनेछ । यस्तै त्यसको केही सातापछि अर्थात नेपालीनयाँबर्षको छेको पारी २०२१ माअमेरिकामा यो अवार्ड समारोह भव्य रुपमा सम्पन्नगरिनेछ ।

यस अघि सुर्य कर्पोरेशनले जापानमा साकुरा नाईट नामक साँगीतीककार्यक्रमतथाअन्य साँस्कृतिककार्यक्रमपनिनिरन्तर रुपमाआयोजनागर्दै आएको थियो । यस्तै पछिल्लो समयजापानमा नेपालीफिल्महरु प्रदर्शन गर्दै आएको कर्पोरेशनले नेपालीफिल्मको अन्र्तराष्ट्रिय वितरणमा समेत हातहालेको छ ।  निर्माण हुनलागेको केहीफिल्मको अन्र्तराष्ट्रिय अधिकारका लागि समेत कर्पोरेशनले सम्झौता गरिसकेको छ । अनमोल केसीको होम प्रोडक्शनमा निर्माण हुने फिल्म र अन्य केहीफिल्महरुसँग कर्पोरेशनले अन्र्तराष्ट्रिय अधिकारका लागि सम्झौता गरिसकेको छ।

नेपालीकला संस्कृतिको प्रवद्र्धन तथा नेपालीगीत संगीत र फिल्मलाई अन्र्तराष्ट्रिय स्तरमा पुराउनपनि सुर्य कर्पोरेशनले सुर्य अवार्डलाई अगाडी सारेको अध्यक्ष लामिछानेले बताएका छन् । कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपालीफिल्मनगरीलाई नेपालसँगै अन्र्तराष्ट्रिय स्तरमा पनिप्रचार प्रसार र टेवापुग्ने गरि अहिलेको अवस्थालाई अध्ययन गरि अवार्डको तेश्रो संस्करण अमेरिकामा तय गरिएको नेपालकालागि संयोजक समीर बलामीले बताएका छन् । सुर्य कर्पोरेशनले अवार्डसँगै नेपालीफिल्मको प्रवद्र्धन र पर्यटन प्रवद्र्धनलाई समेत टेवापुग्ने गरि कार्यक्रमहरु गर्दै आईरहेको छ, सुर्य कर्पोरेशनतथा सुर्य अवार्डका ब्राण्ड एम्बेसडर नरेश भट्टराईले भने ।

पछिल्लो पटक सम्पन्नभएको सुर्य अवार्डका लागिजापानमानीर शाह , मदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्य, भुवन केसी,अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मीशाह, पुजाशर्मा, पलशाह, बर्षा राउत,आँचलशर्मा, श्वेता खड्का, राजेश पायल राई, दीपाश्री निरौला,जितु नेपाल, सन्दिप क्षेत्रीलगायतपाँचदर्जन बढि कलाकारहरुको उपस्थिती रहेको थियो । यस बर्ष भने जापानमाहुने नोमिनेशन समारोहमापाँचदर्जन कलाकारहरु सहभागीहुने आँकलन गरिएको छ । यस्तै अमेरिकामाहुने अवार्ड समारोहमाभने ४ दर्जन कलाकार तथाअतिथीहरु सहभागी गराउने तयारी रहेको छ ।
अवार्ड समारोह संगीततर्फ ६ विधा र फिल्मतर्फ ६ विधा राखिएको छ । जसमाफिल्मतर्फउत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेता र सह अभिनेत्री समावेश छ । यस्तै संगीततर्फ पप, आधुनिक र लोक गरि ६ गायकगायिका समावेश छ । यस्तै अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाइ लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक दशकनिरन्तर फिल्मपत्रकारितागरेका पत्रकारलाई फिल्मपत्रकारितापुरस्कार प्रदान गरिनेछ

अवार्ड समारोहसँगै सुर्य कर्पोरेशनले क्रुज (पानीजहाज) पार्टि, मिनि गेट टु टुगेदरनाईट पार्टिलगायतआयोजनागर्दै आएको थियो । यसलाई यो पटकपनिनिरन्तरतादिने कर्पोरेशनले जनाएको छ । अवार्ड समारोहले चलचित्रविकास बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम र सञ्चार तथा सूचनाप्रविधिमन्त्रालयसँग सहकार्य गर्दै आईरहेको छ ।