बेनिशालाई बिहे गर्न केले रोक्यो त ?


प्रचार हजुर प्रचार । बिहेको मौसममा सबैले बिहे गरेर ध्यान ताने । ध्यान तान्न पर्यो के पर्यो । अभिनेत्री जसले बिहे गरेका छैनन्, के गर्ने त अब । साथीको बिहेमा जाँदा जाँदा हैरान भएका होलान् भनेर भनौ ।

बेनिशा हमाल अभिनेत्रीको कुरा सुन्नु भयो होला । बेनिशा हमाललाई ३ बर्षदेखि बिहेको दबाब आयो रे । उनलाई मिडियाले नी दबाब दियो रे । प्रश्न सोध्यो होला बिहे कहिले गर्ने भनेर । तर, दबाब नै दिएको हो र ।

बेनिशा हमाललाई तनाव पनि हुने भनेर भनिन् । ओहो, तनाव के को होला र खै । बेनिशा हमाललाई बिहे गर्न के ले रोकेको हो र खै । प्रेमी छन्, बिहे गर्ने उमेर छ । फिल्म खेल्न बिहेले मात्र रोक्ने होइन । अनी, बिहे गर्न केले रोकेको हो र ?

कोरोना भाइरसको कारण भएको लकडाउनमा धमाधम भयो बिहे । यही मौसममा बाजा बजाइदिएको भए के हुने हो र खै । बेनिशा हमाललाई बिहे गर्न रोक्ने बाधा केही देखिएन । तैपनि, दबाब आयो भनेर किन फन्डा ?