फिल्मकर्मीले थाले चरणबद्ध आन्दोलन

९ महिना देखि बन्द रहेको हल खोल्न सरकारले अनुमति नदिएको भन्दै नेपला चलचित्र संघले आन्दोलनको घोषणा गरेको छ। आज एक विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

संघको विज्ञप्तीमा भनिएको छ,‘ लकडाउन पुर्णरुपमा हटाई मुलुक भर हवाइ यातायात,बस व्यवसाय, होटल,रेस्टुरेन्ट व्यापार व्यवसाय तथा सम्पुर्ण उद्योग कलकारखानाहरु पुर्णरुपमा सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वीकृति प्राप्प नभएको हँुदा संघले नेपाल सरकारको सुरक्षा विधि तथा डब्लु एच ओ को सुरक्षा मापदण्ड समेत अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने मिति स्वयंम घोषणा सरकार समक्ष केही माग चरणबद्ध आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको छ।’ भोली आफ्नै कार्यलय विशालनगरमा १ बजे फिल्म हल खोल्ने कार्यक्रम राखेको विज्ञप्तीमा भनिएको छ।