‘ए मेरो हजुर ४’मा १० केजी तौल घटाउदै अनमोल
फिल्म ‘ए मेरो हजुर ४’का लागि अभिनेता अनमोल केसीले १० केजी तौल घटाउने भएका छन्। फिल्म छायांकनको थोरै अंश बाँकीका लागि उनले ज्यान घटाउने भएका हुन्। अहिले उनी फिल्मका लागि ज्यान घटाउन व्यस्त छन् ।
अव फिल्ममा विमानस्थल र अस्पतालका भिडभाडका दृष्य लिनु पर्ने भएकोले पनि फिल्मको छायांकन माघसम्मलाई रोकिएको निर्माण पक्षको भनाई छ। फिल्ममा अनमोल गम्भीर बिरामी देखिनु पर्नेछ भएकाले १० केजी तौल घटाउन लागिएको निर्माण पक्षको भनाई छ।
फिल्ममा अनमोल केसीका अलवा सुहाना थापा, सलोन बस्नेतको मुख्य भुमिका रहेको छ। फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छन् भने सुनिल कुमार थापाले लगानी गरेका छन्।
प्रतिक्रिया