बेनिशा हमाललाई तीन वर्षदेखि परिवारबाट बिहेको दबाब

नेपाली अभिनेत्री स्वेता खड्काले विवाह गरेपछि धेरै अभिनेत्रीको विवाहका बारेमा चर्चा उठेको छ। यहीबीचमा अभिनेत्री बेनिशा हमाललाई पनि विवाहको लागि परिवारबाट दवाव आएको बुझिएको छ। अभिनेत्री बेनिशा हमाललाई तीन वर्षदेखि परिवाबाट विवाहको दबाब आएको बताएकी छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफ्ना आफन्त तथा साथीहरुको विवाहमा उपस्थित भएका तस्विरहरु शेयर गर्दै गर्दै घरपरिवारबाट विवाहका लागि दवाव आएको बताएकी हुन्।

उनले सामाजिक सञ्जालमा घरपरिवार, आफन्त, साथी, साथीका साथी, शुभचिन्तक र मिडियाकर्मीबाट विवाहको दबाब आफुले महशुस गरेको भनेकी छन् ।
उनले लामो तस्विर सहितको स्टाटसमा लेखेकी छन्,‘तपाईं कसैसँग सम्बन्धमा भए वा नभए पनि एक महिलालाई विवाह गर्नका लागि दबाब आउने गर्दछ । विगत तीन वर्षमा मैले परिवार, आफन्त, साथी, अनुयायी र मिडियाबाट धेरै दबाब महशुस गरेको छु ।’ अहिले उनी उनी फिल्म ‘भाँडाकुटी’ को तयारीमा रहेकी छन्।