‘चिसो मान्छे’मा १८ लाख पारिश्रमिक लिएर काम गर्दै स्वस्तिमा
अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘चिसो मान्छे’मा अनुबन्धित भएकी छिन् । उनले यस फिल्मको लागि १८ लाख पारिश्रमिक बुझेकी हुन्। निर्मात्री शर्मिला पाण्डे र अभिनेत्री खड्काबीच बुधबार फिल्ममा काम गर्ने सम्झौता भएको हो।
फिल्ममा अभिनय गर्ने हल्ला केहि समय अघि नै चलेको थियो। हल्ला चलेको लामो समय भएता पनि स्वस्तिमा र निर्मात्री पाण्डेबीच बुधबार मात्रै लिखित सम्झौता भयो। दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मको अभिनेत्रीले महंगो पारिश्रमिक लिएर काम गर्न लागेकी हुन्। यस फिल्ममा स्वस्तिमा खड्कालाई शक्तिशाली भुमिका रहने निर्माण पक्षले जनाएको छ।
फिल्मको छायांकन कोभिड १९ को महामारी सामान्य भएपछि सुरु हुने बताइएको छ। लकडाउनको समयमा दीपेन्द्रले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् भने आफैंले फिल्मको छायांकन गर्दैछन् । फिल्म ‘चिसो मान्छे’को छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा हुने निर्माण पक्षको भनाई छ।
प्रतिक्रिया