फिल्म बनाउने भएपछि आँचललाई चाहियो म्यानेजर


अभिनेत्री आँचल शर्मा, फिल्ममा हिट । भिडियोमा फिट । कुरा यस्तै हो उनको । बिहे गरेपछि झनै हिट । बिहेपछि उनलाई पनि फिल्म बनाउने सोच आएको छ । उनका श्रीमान् उदिप श्रेष्ठ आफै हिरो जस्ता । उदिपको लगानीमा आँचल निर्मात्री । फिल्म बन्दैछ । मिलन चाम्स निर्देशक ।

आँचललाई अब सिधै कुराकानी गर्न गाह्रो छ । उनी पनि म्यानेजर राख्ने कलाकार भएकी छिन् । आँचलको भिडियो, विज्ञापन, फिल्मको कुरा गर्न म्यानेजरलाई फोन हान्नोस् ।

फिल्म बनाउने सोच आएपछि आँचललाई पनि म्यानेजर चाहिएको होला । ठिक छ, आँचलको करिअरको म्यानेज अब सही तरिकाले होस् भनौ हामी ।