फिल्मकर्मी प्रदीप उदयको सरकारलाई प्रश्न,‘ फिल्मकर्मीहरू यो देशको नागरिक होईन ?

फिल्मकर्मी प्रदीप उदयले ९ महिना देखि बन्द रहेको फिल्म क्षेत्र खुलाउन सरकार उदासिन रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले सबै क्षेत्र खोलेपनि फिल्म क्षेत्र नखोल्नुमा उदासिनता पुष्टि भएको बताएका हुन्। फिल्मकर्मी तथा हलवालाको करोडौ रकम डुब्दा सरकार मौन बसेको भन्दै उनले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद गर्दै आएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘कोरोना महामारीमा सरकारको फिल्मक्षेत्र प्रतिको उदासिनता देख्दा यि २ कुरा पुष्टि भएको छ।
१)कोरोना सर्ने मुख्य क्षेत्र चलचित्र क्षेत्र रहेछ । बिशेष गरेर चलचित्र घर। २)चलचित्रकर्मीहरू यो देशको नागरिक होईन र सरकारको यिनीहरू प्रति कुनै दायित्व छैन।

होईन भने सरकारले चलचित्रकर्मीहरूलाई भन्न सक्नु पर्यो यो कारण चलचित्र क्षेत्र बिशेष गरेर चलचित्र घर खोल्ने स्विकृति नदिएको भनेर ।
नत्र भिडभाड हुने सबै क्षेत्र खुलिसकेको अवस्थामा चलचित्र क्षेत्र किन खोल्ने स्विकृति नदिएको ? के नेपाली चलचित्र क्षेत्रसंग सम्वन्धित संघ संस्थाको अस्तित्व छैन ? के नेउवामसंघले चासो र चिन्ता लिनु पर्दैन ?

उनले अन्तमा लेखेका छन्,‘अवको बाट ३ आन्दोलन वा बिस्थापन…वा जुन दिन सरकारलाई यो देशमा चलचित्र क्षेत्र पनि छ भन्ने सम्झना हुन्छ । त्यति बेलै खोल्ने । किनकी सरकारले यो क्षेत्रको संघसंस्थाको अस्तित्व स्विकार्न पनि सकेन र संघसंस्थाले आफ्नो अस्तित्व देखाउन पनि सकेन । यो सरकार दवाव,प्रभाव र आन्दोलनको भाषा मात्र बुज्छ ।त्यो हामीमा हिम्मत पनि छैन र एकता पनि छैन।’ हामी निरिह…

https://www.facebook.com/pradeepkumar.udaya.1