‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ ’: स्वस्तिमा खड्का

सञ्चारकर्मी तथा एपिवान टेलिभिजनबाट प्रसारण हुने रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले अभिनेत्रीहरु बरु बुढा बोकेर हिड्छन् भन्ने अभिव्यक्ती दिएपछि स्वस्तिमा खड्काले प्रतिवाद गरेकी छन्। प्रकाशले कार्यक्रम रजतपटमा बोलको केहि मिनेटमा नै अभिनेत्री स्वस्तिमाले प्रकाश सुवेदीलाई कटाक्ष गर्दै सामाजिक सञ्जालफेसबुकमा लेखिन्,‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ ।’

स्वस्तिमाले बरु बुढा बोकिन्छ तर तिम्रो अन्तरवार्तामा आइन्नँ लेख्ने वितिक्कै अभिनेता तथा निर्देशक (स्वस्तिमाको श्रीमान) निश्चल बस्नेतले पनि हाँस्दै गरेको इमोजी राख्दै फेसबुकमा स्टाटस लेखेका छन्,‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त !’

बेला बेलामा यस्तै कुराले चर्चामा आइरहने प्रकाश सुवेदी फेरि पनि चर्चामा आएका छन्। हिजो कार्यक्रम रजतपत प्रकाशले
फिल्म हल बन्द भएपछि नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाएका थिए। जसमा स्वस्तिमा खड्काले केहि दिन अघि निश्चल बस्नेतलाई बुईमा बोकेर हिडेको भिडियोलाई इंगित गर्दै भनेका छन्,‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो । ’
कार्यक्रममा नै प्रकाशले स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो क्लिप राखेरै बोलेको थिए। सामाजिक सञ्जालमा सक्रिय रहेकी स्वस्तिमाले प्रकाशको कुरालाई प्रतिवाद गर्दै बिहिबार राती नै लेखेकी छिन्,‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । फोन नउठाएर सारै रिसाउनु भाको रैछ । सरी ल ! रजटपट।’

लकडाउनको समयमा प्रकाशले अभिनेत्री पूजा शर्मा इंकित गर्दै दारै भएको जस्ता कुरा निकालेका थिए। जसका कारण उनी ठुलै विवादमा फसेका थिए। पुजाको शारीरिक स्वरुपबारे वर्णन पूजाले प्रकाश विरुद्ध नेपाल चलचित्र कालकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् ।