विशालको ‘कहानी तिम्रो मेरो’मा केकी र निराजन अनुबन्धित

कोलहपुर एक्सप्रेस फिल्मका निर्देशक विशाल भण्डारीले नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ निर्माण गर्ने भएका छन्। निर्देशक भणडरीले दोस्रो फिल्मका रुपमा ‘कहानी तिम्रो मेरो’ निर्माण गर्न लागेका हुन्।

फिल्मको मुख्य भूमिकाको लागि अभिनेत्री केकी अधिकारी र मोडल निराजन प्रधानलाई अनुबन्ध भएका छन् । अन्य मुख्य भूमिकामा अभिनय गर्ने दुई कलाकारको पनि खोजी भइरहेको निर्माण पक्षले जनाएको छ ।

थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको लेखन र गीत संगीतको काम भइरहेको छ। यस अघि फिल्म ‘लफडा र जालो’ मा अभिनय गरेका गरेका निराजनलाई फिल्मले उनको करिअरलाई उचाईमा पुर्याउन सकेन। केकी र निराजन म्युजिक भिडियोमासँगै अभिनय गरेको भएता पनि फिल्ममा भने पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्।