पुष्पलाई तनाव नै त छ


गाह्रो छ गाह्रो कलाकारलाई । कोही फिल्म पाएरै तनावमा । कोही नपाएरै तनावमा । तनाव नै तनाव । पुष्प खड्का धेरै फिल्म भएर तनावमा । फिल्म पनि कती हो । कहिले छैन भनेर खबर, कहिले धेरै भएर खबर । धेरै हुँदा त राम्रो हो भनेर भनौ ।

पुष्पले कृष्ण लीला फिल्म खेलिरहेका छन् । उनलाई हतार छ रेड वाइन फिल्म खेल्नका लागि । मुकुन्द भट्टको फिल्मका लागि समय दिनुछ । निर्माता रोज राणाले खलनायक २ फिल्मका लागि पुष्पसँग कुरा चलाइरहेका छन् । यता पनि कुरा छ ।

धमाधम फिल्म खेल्न थालिसके पुष्प । अफर आएको धेरै छ । कुन गर्ने, कुन नगर्ने भनेर सोच्नै नभ्याउने अवस्था । धेरै खेल्दा सस्तो भैएला भन्ने पिर । नखेल्दा सम्बन्ध ध्वस्त होला भन्ने पिर । ओहो, पिर त धेरै फिल्मको अफर आउँदा पनि हुन रहेछ ।