बैशाख त बैशाख, कुन वैशाख हो नीताको ?


मौसम यो बिहेको । चलिरहेको छ मौसम बिहेको । बिहे नै बिहे । कलाकारको बिहे । बिहे सबैको । बिहे नहुनेलाई छ तनाव । कहिले गर्ने बिहे भन्ने प्रश्न । घेरामा छन् प्रश्नको कलाकार ।

नीता ढुंगानाको बिहे कहिले । पहिले नै गर्ने भन्ने सुरसार चलेको हो । विविध कारणले के भयो भयो । अब, अहिले उनी हरिहर अधिकारी अभिनेताको प्रेममा छिन् । प्रेम गहिरो छ । भन्ने होइनन् कोही पनि । पवित्र प्रेम छ भनेर भन्दिइन् नीताले ।

बिहे कहिले हुन्छ भनेर आएको आई गर्छ प्रश्न । प्रश्न गर्नेलाई पनि थाहा नहोला कि बिहे पछि के हुन्छ ?

नीताको जवाफ वैशाख । कुन वैशाख उनलाई नै थाहा छैन । वैशाख त वैशाख कुन वैशाख हो बिहे । नीता लुकाउन सिपालु । वैशाखमा गर्छु भन्दिन्छिन् सकियो ।