आजबाट भर्चुअल ‘किम्फ’, १५ मुलुकका १८ फिल्म
आज काठमाडौंमा किम्फ (काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल) सुरु हुँदैछ । कोरोना जोखिमका कारण भर्चुअल मार्फत फेस्टिभल गरिदैछ। आजबाट चारदिनसम्म जारी रहने किम्फमा फिल्मwww=kimff=org मार्फत् हेर्न सकिने आयोजकले जनाएको छ ।
फेस्टिभलमा यसवर्ष १५ देशका फिल्मकर्मीहरुले सहभागिता जनाएका छन् भने १८ वटा फिल्म प्रदर्शन गरिनेछ । नेपाल पानोरमा अन्तर्गत कथानक र वृत्तचित्र गरी १२ वटा फिल्म प्रदर्शन गरिने आयोजनकले बताएको छ। पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएका अन्तराष्ट्रिय फिल्महरु देखाइने भने नेपाल पानोरमामा प्रतिभाशाली नेपाली फिल्मकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ। यो फिल्म महोत्सव अठारौं संस्करण हो।
आज भुटानी फिल्म निर्देशक खिन्चे नोर्बु रिम्पोचेको फिल्म ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’को प्रदर्शनसँगै फिल्म महोत्सवको उद्घाटन हुनेछ । मेसोमा रिम्पोचेले भर्चुअलमार्फत आफ्नो भनाई राख्ने पनि कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय फिल्ममा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। उत्कृष्ट नेपाली कथानक फिल्म र उत्कृष्ट वृत्तचित्रलाई क्रमशः एक लाख, ७५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नाम विश्व संस्थाको सक्रिय सदस्य हो। यस संस्थामा २० वटा मुलुकका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरु सदस्य छन् ।
प्रतिक्रिया