अभिताभको ट्विटले मच्चायो हंगामा

बलिउड अभिनेता अमिताभ बच्चनको एक ट्विटले भारतमा हंगामा मच्चाएको छ। अमिताभले आफूलाई कोरोना पुष्टि भएपछि गरेको ट्विटले हंगामा मच्चाएको हो।
भारतिय समाचारका अनुसार अमिताभले जुलाइ ११ मा गरेको ट्विटमा लेखेका थिए, ‘मेरो कोभिड(१९ परीक्षण पोजेटिभ आएको छ। अहिले म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’

उनले लेखेको यो शब्दमा अधिकांशले उनलाई शिघ्र स्वास्थ लाभको कामना गरेका थिए। जुन कुरा अहिले भारतमा सबै भन्दा धेरै पटक हेरिएको ट्विट बनेको छ। जसका कारण बलिउडमा धेरै पटक हेरिएको र अहिले पनि धेरैले अभिताभलाई सचेत रहन आग्रह गरिरहेका छन्। यो कुरा भारतिय सञ्चार बलिउड हंगामाले लेखेको छ।