‘सुपर प्लस साइज मोडल नेपाल’को खोजी
‘सुपर प्लस साइज मोडल नेपाल’को खोजी हुने भएको छ। मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुन लागेका हो। मोडल सङ्स नेपालको आयोजनामा हुन लागेको यस प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना गरिने भएको छ।
यस प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित दुवै तरिकारले भाग लिन सक्ने छन् भने ५५ केजीभन्दा माथिको तौल हुनुपर्नेछ । यो प्रतियोगिता काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बताए ।
अडिसनमार्फत छनोट भएकालाई एक महिना लामो विशेष प्रशिक्षण दिइने छ । छनोट भएका प्रतियोगीले नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण प्राप्त गर्ने छन्। ‘प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो’, आयोजक राजपुतले भने।
प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी दिए । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्नेछन्।
प्रतिक्रिया