दोश्रो घरले के देला अदितीलाई ?
किन भनियो दोश्रो घर मुम्बई । मुम्बई अभिनेत्री अदिती वुढाथोकीको दोश्रो घर रहेछ । पहिलो घर नेपाल । दोश्रो घर मुम्बई । बिहेपछि हुने घरलाई अदितीले के भनेर भन्लिन् कुरेरै बसौ होला ।
अदिती दोश्रो घर गइन् । पहिलो घरमा ८ महिना कुरिन् । कुरिन् कुरिन् कुरिन् । केही नी भएन । फिल्म खेल्न आएकी पहिलो घरमा । ८ महिना कुर्दा पनि केही भएन । फिल्म सुरु पनि भएन । कोरोनाले अरु काम गर्न पनि दिएन ।
कृ पछि गुमनाम छन् दर्शकबाट अदिती । फिल्म खेलिहाल्न पाएको भए अहिले केही हुन्थ्यो होला । तर, भएन केही । अनी मुम्बई गएर फेरि केही गरौला भनेर उनी हिडिन् । दोश्रो घरले खै के देला भनेर भन्ने । म्यूजिक भिडियो फाट्टफुट्ट दिएको छ । अब फिल्म नै देओस् । अरु हामीले गर्ने कामना के हो र ?
प्रतिक्रिया