आर्यनलाई पनि भ्यूज पाउनै गाह्रो
एक दशक अघि नेपाली फिल्ममा चम्किएर बबाल गरेका हिरो हिरोइन अहिले युटुब र हलमा चल्दैनन् । उदाहरण कस कसको हेर्ने सबैको छ ।
अभिनेता आर्यन सिग्देललाई पनि यही समस्या भयो । उनले अभिनय गरेको हतारमा गीत आयो । गीत हतारमा भएपनि दर्शकले हेर्न हतार गरेका छैनन् । १ दिनमा ७७ हजार भ्यूज । १ दिनमा लाखौ लाख भ्यूज जाने समयमा वर्षा राउतसँग खेल्दा पनि उनी लाखमा पुगेका छैनन् ।
१ महिना भन्दा अघि आएको दशैं तिहार गीत पनि यही समस्यामा छ । १८ लाख भ्यूज । कम भयो कम ।
आर्यनको गीतमा किन भएन रुची । फिल्मका गीतमा पनि आर्यन कमजोर देखिएका हुन् भनेर भनौ ।
आर्यनको क्रेज सकिएको हो कि, गीत गतिला नपरेका । नयाँ आएका कलाकार करोड भ्यूजमा खेल्दै छन् । हिरो आर्यनलाई समस्या यता छ । भिडियो र फिल्म नचलेपछि गर्ने के हो र खै ?
प्रतिक्रिया