चलचित्र विकास बोर्डले माग्यो मौलिक पटकथा

चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि पटकथा आह्वान गरेको छ । बोर्डले एक सूचना प्रकाशन गर्दै पटकथाको माग गरेको हो । पटकथा पठाउन चाहानेका लागि २१ दिनको समय अवधि तोकेको छ । यसरी आह्वानबाट बोर्डमा आएको पटकथा मध्ये केहीलाई छानेर सहनिर्माण गर्ने जनाएको छ।

बोर्डले केहि महिना अघि स्टोरी बैंकको स्थापना गरेको थियो। स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत गर्ने भन्दै बोर्डले स्टोरी बैंक स्थापना गरेको हो । मौलिक कथा तथा पटकथा आउने भएकाले पनि बोर्डले सोही अनुसार पटकथा माग गरेको हो । बोर्डको यस कार्यले नवोधित लेखकहरुलाई अगाडी ल्याउने काम गर्दछ भने ओझेलमा परेका लेखकले काम पाउने पक्का देखिन्छ।