करिष्माले स्वेतालाई सम्झाउँदै लेखिन्, ‘तिमी वास्तविक जीवनको नायिका हौ’
अभिनेत्री स्वेता खड्कासँग विवाह बन्धनमा बाँधिएको केहि समयमा अभिनेत्री करिष्मा मानन्धरले जिवनमा जिउनु नै ठुलो कुरा भएको बताएकी छन्। स्वेतासँगको तस्विर सेयर गर्दै समाजका मुल्य मान्यतालाई कायम राख्दै जिवन जिउनलाई हिम्मतका साथ जिउनु कुरो कुरा रहेको बताएकी छन्।
६ वर्ष अभि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी स्वेताले एक महिनामा नै श्रीमान गुमाउनु परेको थियो। जसका कारण स्वेताले निकै कठिन यात्रा पार गर्नुपरेको थियो। यसैलाई आत्मसाथ गर्दै नयाँ जीजन जिउन लागेको पनि अभिनेत्री स्वेता फेसबुकमा स्टाटस लेखेकी थिइन।
करिष्माले स्वेतालाई सम्झाउँदै लेखेकी छिन्,‘ आएको हरेक परिस्थितिको सामना गर्दै ,साथै समाजका मुल्यमान्यतालाई कायम राख्दै र मान्दै जिवनलाई हिम्मतका साथ जिउन ठुलो आट चाहिन्छ । यस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनि कुल्चिनु पर्ने स्थिति पनि आउँछ । हरेक मानिसको खुसी भएर बाच्न पाउने अधिकार छ। पुरुषप्रधान मानसिकता रहेको हाम्रो यो समाजमा , ठुला–ठुला आवाजमा कस्तो प्रकारको महिला स–शक्तीकरण कुरा गरिरहेका र्छौ हामी ?
जो बिचरी अवस्थामा छिन र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन !! या जो हिम्मतका साथ ती सबै समस्याहरुसंग जुधेर आफुलाइ भित्रैबाट स–शक्तीकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दै छिन र यो पनि समाजको अगाडि प्रस्तुत भएर गर्दैछिन। यो एउटा उदाहरणीय सुरुवात हो।
जिवनमा परेका भवितव्यले लथालिङ्ग हुने होइन कि त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउने हो। समाजमा जनजागरण कहिलेकाही आफै उदाहरण बनेर पनि दिनुपर्छ । तिम्रो हिजोको स्टाट्स लेखाइमा भएको तिम्रा भाव बुझे जस्तो लागेर यी शब्दहरु लेख्दैछु।
नवीन वैवाहिक जिवनको शुभकामना स्वेता ❤️
तिमी वास्तविक जीवनको नायिका हौ । ?
https://www.facebook.com/karishma.manandhar.3/posts/3657993464277471
प्रतिक्रिया