‘खलनायक२’माघबाट फ्लोरमा
रोज राणाको फिल्म ‘खलनायक २’ माघबाट छायांकनमा जाने भएको छ। गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्मका मुख्य कलाकारको अहिले छनौट भइरहेको छ ।
सन् २००८ को सुपरहिट फिल्म ‘खलनायक’ को सिक्वेलको रुपमा यो निर्माण हुन लागेको फिल्ममा कलाकारको टुङ्गो लागेको छैन। ‘खलनायक’ मुख्य भूमिकामा रहेका कलाकार विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापा भने ‘खलनायक २’ यि नै कलाकार हुने नहुने एकिन छैन।
फिल्म ‘खलनायक २’ का लागि पछिल्ला समयका अभिनेता र अभिनेत्रीहरु रहने सम्भवाना रहेको बुझिएको छ। लभस्टोरी–एक्सन जनरामा निर्माण हुने भनिएको फिल्म ‘खलनायक २’ मा निर्माता रोज आफैं खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन् । फिल्मको छायांकन दसैं अघि नै गर्ने भनिएता पनि समय अनुकुल नभएको कारण रोकिएको निर्माण पक्षले जानकारी गराएको छ।
प्रतिक्रिया