केकीको पालो कहिले ?
कहिले हो कहिले पालो । अरुको मात्र खाने कि आफ्नो मात्र खाने हो भनेर भनौ । अभिनेत्री केकी अधिकारीले बिहेको फोटो राखेको राखै । कहिले साथीको कहिले आफन्तको ।
अभिनेत्रीहरुको बिहेमा पनि उनी पुगेकी नै हुन्छिन् । केकीले फिल्ममा त बिहे गरिन् खुबै । परदेशी २ फिल्ममा गरेको बिहे याद होला सबैलाई । बिहे गरेको गरै गरेकी केकीले आखिर आफू बिहे कहिले गर्छिन् भनेर भनौ ।
केकी अधिकारीले बिहेको सिजनमा खुबै बिहेको फोटो राखेकी छिन् । केकीको सुरसार छैन । फिल्म बनाउँदैछिन्, रियालिटी शो पनि उस्तै छ । फुर्सद नभएर हो कि के हो भनेर भनौ ।
केकी अधिकारी आर्जन पाण्डे गायकसँग प्रेममा रहेको भनेर चर्चा भएकै हो । खुलेर बोल्ने त केकीको बानी कहाँ छ र । सधै अरुको बिहेको फोटो मात्र राख्ने कि, अरुलाई आफ्नो बिहेको पनि राख्न दिने । भनौ है भनौ केकीजी ।
प्रतिक्रिया