ऋचाका लागि अद्भुत दिपेक्ष
बिहेको महिना । धमाधम बिहे भैरहेको छ कलाकारको । बिहे गरेका कलाकार अब अरुको बिहे हेर्दैछन्, आफ्नो संझदैछन् ।
ऋचा शर्माले बिहे गरेकी थिइन् गएको बर्षको यही दिनमा । आजैको दिनमा हो भएको बिहे । बिहे भएको एक बर्षपछि ऋचा र दिपेक्षले एक अर्कालाई वुझेछन् । प्रेम पनि भएकै हो, २ बर्ष । वुझेरै बिहे गरेका हुन् । अझै एक बर्षसम्म वुझेकै छन् । वुझेको वुझै एक अर्कालाई ।
ऋचाले दिपेक्षसँग अद्भुत आफूले कसैलाई नमानेको पनि भनेर भनिन् । दिपेक्ष त मख्ख नै होलान् कुरा सुनेर ।
दिपेक्षसँग एक बर्षसम्म एउटै घरको छतमुनी बसेको कुरामा उनलाई अझै विश्वास छैन । खै किन नभएको हो विश्वास, उनलाई नै थाहा होला ।
ऋचा त समयको गतीलाई रोक्न दिपेक्षको साथले सकेको भए पनि हुने हो भन्छिन् । समय रोकेर के गर्थिन् होला के उनले । जे होस्, शुभकामना दुबैलाई ।
प्रतिक्रिया