हल खुलाउने आश्वासन दिदैँ फिल्मकर्मी फर्काउदै सञ्चार मन्त्री
नौ महिना देखिको बन्द रहेको फिल्म क्षेत्र खुलाउने आश्वासन दिएका छन्। निर्माता संघका अध्यक्ष सहितको टिमलाई सञ्चार तथा सुचना मन्त्री पार्वत गुरुङले फिल्म हल खुलाउने भन्दै आश्वासन दिएका हुन्।
निर्माता संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य आकाश अधिकारीले समस्या र समाधानका १७ बुँदे विज्ञप्तिसहित सञ्चार मन्त्री गुरुङलाई बुझाउँदै फिल्म हल खोल्नका लागि अनुमति मागेका थिए। भेटमा मन्त्री गुरुङले चाँडै फिल्म क्षेत्र खुल्ने कुरामा ढुक्क हुन भन्दै आश्वासन दिएका छन्। मन्त्रीसँगको भेटमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र अभिनेता भुवन केसीको पनि उपस्थित रहेको थियो।
मन्त्रीले कहिलेबाट हल सञ्चालनमा ल्याउने कुरा गरेका छैनन्। उनले पटक पटक फिल्मकर्मीलाई झुक्याउँदै आएका छन्। एक साता अघि आफै चलचित्र बिकास बोर्ड पुगेर फिल्म क्षेत्रको गतिविधिका बारेमा बुझेका थिए। बुधबार स्वास्थ्य मन्त्रालयको नियमति कोरोना अपडेटमा फिल्म हल कोरोनाको हटस्पट बन्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अझै १५ दिन हल सञ्चालन नगर्न बताएका थिए। फिल्म हल अझैँ नखोल्न आग्रह गरेपछि फिल्म निर्माता तथा हल सञ्चालकहरु आक्रोशित भएका छन् ।
अझै फिल्म हल सञ्चालमा रोक लगाए आन्दोलनमा उत्रने बताएका छन्। फिल्मकर्मी प्रदिप कुमार उदय सरकारले दबाब र आन्दोलनको भाषा मात्र बुझ्ने भन्दै आन्दोलन र दबाब गर्नु पर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा पटक पटक फिल्मकर्मीलाई आन्दोलन गर्नु पर्ने कि दबाब गर्नुपर्ने बताउँदै आएका छन्। झन्डै ९ महिना देखि फिल्म चलायमान नहुँदा फिल्मका मजदुर मर्कामा परेका छन्। कति फिल्मकर्मीको अहिले पलायन हुने अवस्थामा पुगेको छ। यसैका विषयमा पनि चलचित्र निर्माता संघसहितको टोलीले सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङसँग भेट गरेको हो।
https://www.facebook.com/akash.adhikari.5667/posts/10221585444697702
प्रतिक्रिया