खगेन्द्रले श्रीयसीलाई भने,‘जाउँ डाडै काटेर’
नेपालको पुर्बेली लोक गीत ‘जाउँ डाडै काटेर’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पुर्बेली संस्कार र संस्कृतिलाई टपक्कै टिपेर गीत संगीत मार्फत स्रोता तथा दर्शकमाझ पुर्याउन माहिर गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बुले नयाँ गीत ‘ जाउँ डाडै काटेर’ को भिडियो सहित बजारमा लिएर आएका छन्।
गीतमा खगेन्द्रकै शब्द रचना रहेको छ भने उनको गायनमा श्रेयसी चेम्जोङले साथ दिएकी छन्। प्रेममा जात धर्म र उमेर हेरिदैन भन्ने खाल्को कुरा गरिएको छ। गीतमा संगीत नयन सुब्बाले गरेका हुन् भने संगीत संयोजन टेकेन्द्र यक्सोको छ।
गीतको भिडियोमा योगेन्द्र राई र सिता तुम्बाहाङ्फेको अभियन रहेको छ। गीतको भिडियोलाई पूर्वको रमणिय ठाउँमा छायांकन गरिएको छ । भिडियोलाई मेघराज मग्रातीले छायांकन तथा सम्पादनको काम समालेका छन् भने निर्देशन गर्दिने काम खगेन्द्र यक्सोले नै गरेका छन् ।
प्रतिक्रिया