प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटकमा
प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। देशको ठूलो पार्टी नेकपाका अध्यक्षसमेत रहेका आइतबार एकाउन्ट खोलेका हुन् ।
युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटक एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन ।
टिकटकले इन्टरनेटको ब्यान्डविथ धेरै खाने कारणले इन्टरनेट स्लो भएको भन्दै संसारभर चाइनिज एप बन्द गर्ने लहर छ । यसअघि अमेरिका र भारतले आफ्ना देशमा टिकटक एप बन्द गरेका छन् । तर, संसारभर बन्द हुँदै गएको एपमा प्रधानमन्त्रीले खाता खोल्नु त्यो पनि चिनियाँ रक्षामन्त्री एक दिने भ्रमणमा आएको पूर्व सन्ध्यामा, निकै नै अर्थपूर्ण मान्न सकिन्छ ।
पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने यो समाचार तयार पार्दासम्म भिडियोको भ्युज २ लाख ३५ हजार ९ सय बढी पुगिसकेको छ। ४ सय तिन कमेन्ट, १५ हजार बढी लाइक र ३ सय भन्दा बढी जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्।
@kpsharmaoli_official We are working on service integration digitalnepal
प्रतिक्रिया