फिल्म ‘परदेशी २’ले पाल्पाबाट थाल्यो छायांकन

अन्योलमा रहेको फिल्म ‘परदेशी २’ को छायांकन सुरु भएको छ । फिल्मले यसैसाताबाट छायांकनमा निस्किएको हो। अहिले फिल्म पाल्पाको माथागढी गाउँपालिकाको विभिन्न स्थानमा फिल्मको छायांकन भइरहेको छ ।

अभिनेता दिलिप रायमाझी बिहीवार र शुक्रवारको छायांकन गरिन काठमाडौ फकिसकेका छन् भने आज बाट प्रकाश सपुत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको अभिनय गनै पालो रहेको छ। जसको दृश्य आज खिचिराखिएको छ । फिल्ममा धेरै दृष्य पाल्पामा नै खिचिने निर्माणपक्षले जनाएको छ।

यस फिल्मकी मुख्य अभिनेत्री वर्षा सिवाकोटीको अमरिकामा रहेकी छन् उनी नेपाल आइपछि उनको छायांकन गर्ने मुडमा निर्माण पक्ष रहेको छ। लकडाउन अघि फिल्मको ५० प्रतिशत छायांकन मात्र सकिएको थियो।

फिल्ममा नारायण रायमाझीको निर्देशन, रमेश विजीको कथा रहेको छ। त्यस्तै फिल्मको निर्मातामा निर्देशक रायमाझी र राजेश वंशल रहेका छन् । फिल्ममा दिलिप रायमाझी , बर्षा शिवाकोटीका अलवा प्रकाश सपुत, केकी अधिकारी , प्रशान्त तामाङ लगायतको मुख्य भुमिका रहनेछ । यसै फिल्मबाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।