आजबाट ५ दिन ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
आजबाट ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । नेपाल मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्दै आएको महोत्सवलाई यो वर्ष पनि निरन्तरता दिन भएको छ। कोरोना संक्रमणबाट जोगिन भर्चअलका माध्यममार्फत आयोजना गर्न लागिएको हो ।
कोरोना संक्रमण र लकडाउनका कारण पूर्वनिर्धारित मितिमा महोत्सव हुन सकेको थिएन। भनेको समयमै कार्यक्रम गर्न नसकिएपछि आयोजकले परिस्थितिलाई मध्यनजर गर्दै ‘आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भर्चुअल गर्न लागेको आयोजकको भनाई छ। आजबाट चल्ने महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवमा यो वर्ष स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म , एनिमेशनका साथै सबै विधाका गरेर ५२ फिल्महरु प्रदर्शन गरिने आयोनकले बताएको छ।
महोत्सवमा फिल्म प्रसारण भइसकेपछि ‘एसियाली फिल्ममा महिलाः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली फिल्ममा युवाः हामी के हेर्न चाहान्छौं’ अल्पसंख्यक । सीमान्कृत समुदाय सवालः फिल्मको भूमिका विषयमा फिल्मकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्तरक्रिया कार्यक्रम हुने आयोजकको भनाई छ। अन्तरक्रिया कार्यक्रम चलचित्र टिभी एप मार्फत र छलफल, अन्र्तक्रिया तथा बहसहरु जुम मार्फत गरिने महोत्सवको कार्यकारी निर्देशक पाण्डब खत्रीले जानकारी दिए ।
प्रतिक्रिया