सरकारले सुन्ला फिल्मीकर्मीको कुरा ?
फिल्म क्षेत्रलाई सरकारले के सोच्यो । जुन सरकार आए पनि के सोचे भनेर भनौ त । केही पनि सोचेका छैनन् । कलाकार चुनावमा प्रचार गर्ने माध्यम बने । अरु बेलामा फिल्म हेर्न आउने दंग पारिदिने हिड्ने । प्रधानमन्त्री, मन्त्री जो आएनी उही । गफै त हो भने जस्तै त छ ।
होइन भने सबै क्षेत्र खुल्दा फिल्म क्षेत्र किन बन्द भएको हो । ८ महिनादेखि बन्द भएको फिल्म क्षेत्र खुल्छ कहिले ? सरकारले त खुल्छ भन्छ । खुलाउने होइन ।
हैरान छन् फिल्मीकर्मी । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मीकर्मीलाई भेट्दा खुल्छ खुल्छ भने । दशैं पछि आयो तिहार, तिहारपछि आयो छठ । तर खुलेन केही । ८ महिनादेखि वेरोजगार बनेको छ फिल्म क्षेत्र ।
फिल्मीकर्मीले दबाब दिन नै जानेनन् । सामान्य दबाबले नपुगेको होला । सामाजिक दुरी राखेर आधा अकुपेन्सीमा फिल्म देखाउन थालेपछि फिल्मको छायांकन होला, क्षेत्र सलबलाउला । दर्शकले हल खुलेको छ भनेर म्यासेज पाउलान् ।
होलानी त केही नी केही ।
चलचित्रकर्मीले विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँग भेटेका छन् र भनेका छन् अब नखोले हामी खोल्ने हो । कि सरकारले खोल नभए मिति तोकेर हामी खोल्छौ भनेका छन् फिल्मीकर्मीले । कडा देखिएका हुन् त भनेर भनौ । यो कडापन पहिले देखाउनपर्ने अहिले भएपनि देखाएका त छन् । तर, के सुन्ला फिल्मीकर्मीको कुरा सरकारले । कि चुनावमा लर्को लगाएर पार्टी प्रवेश गराएर प्रचार गर्न जनताको घरमा मात्र पुर्याउला कलाकारलाइ ।
प्रतिक्रिया