चलचित्रकर्मी महासंघ प्रदेश १ ले चलचित्र महोत्सवको आयोजना गर्दै
नेपाल चलचित्रकर्मी महासंघको प्रदेश १ ले २०७७ मङ्सिर ७ इटहरीमा एक कार्यक्रम गर्दै चलचित्र महोत्सव गर्ने जानकारी दिएको छ। फिल्म निर्देशक दीपाश्री निरौला , फिल्म निर्माता चिरिन्जिवी बस्नेतलाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को बरिश्ठ सल्लाहकारमा मनोनयन गर्दै उक्त घोषणा गरेको हो। कार्यक्रममा महासंघका अध्यक्ष अरुण कुमार प्रधानले महासंघको भावी योजना र कार्यक्रमको बारेमा आज पुर्वको पथरीमा कार्यक्रममा जानकारी गराउने तयारीमा रहेका छन् ।
अहिलेको समयमा कोरोनाको कारणले सुस्ताएको फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ आयोजना गर्ने भएको छ । फिल्मका लागि पुर्वका ठाउँहरु उपयुक्त स्थान भएकोले फिल्मीकर्मी लाई उत्साहित गराउदै प्रदेश न १ को पर्यटकिय स्थानलाई प्रबर्धन गर्ने उदेश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको बताइएको छ।
महोत्सवमा प्रदेश १ मा बनेका कथानक फिल्म, छोटो फिल्महरु समावेश गरिने आयोजकले जनाएको छ । उक्त महोत्सवमा अग्रज फिल्मीकर्मी सम्मान पनि गरिनुका साथै प्रदेश १ का फिल्मकर्मी हरुलाई जानकारी दिने हेतुले चलचित्र स्मारिका तयार पारिने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए ।
प्रतिक्रिया