सरकारलाई दबाब दिदै करणले भने ,‘सबै खुल्यो, फिल्म क्षेत्र किन खुलेन सरकार ?
फिल्म हल नचल्दा मारमा परेका चलचित्रकर्मीहरु सरकारलाई फिल्म हल खोल्न अनुमति मागिरहेका छन् । उनीहरुको मागलाई सरकारले वेवस्था गर्दै आएपछि फिल्म वितरक तथा निर्माता करण श्रेष्ठ क्रेजी मंगलबार अनामनगरमा एउटा पम्प्लेट सहित उभिए । उक्त पम्प्लेटमा लेखिएको थियो ,‘सबै खुल्यो, फिल्म क्षेत्र किन खुलेन सरकार ? हाम्रोमा पनि मजदुर छन् ।’
उनको समर्थनमा धेरै चलचित्र कर्मीले सहमती जनाएका छन् । ७ महिना देखि मारमा परेका फिल्मकर्मीको आवाजलाई उनले उठाएका छन् । सरकारले फिल्म चलायमान बनाउने भन्दै आएता पनि कहिलेबाट खोल्ने कुनै घोषणा गरेको छैन । फिल्म वितरक करण भन्छनु,‘ सरकारले अहिलेसम्म सबै क्षेत्र खुलाएको छ । सबै भन्दा धेरै जोखिम हुने यातायात क्षेत्र देखि होटल बजार सबै खोल्न अनुमति दिएको छ ।
तर , फिल्महललाई जोखिम हुन्छ भन्दै खोल्न नदिनुको कारण के हो ? जहाँ सबै भन्दा बढि सुरक्षित हुन्छ । यातायातमा भिडम भिड मान्छे हुँदा कोरोना नसर्ने अनि टाढा टाढा सिट भएको फिल्महलमा चाही कोरोना लाग्ने ,यस्तो नि हुन्छ र सरकार ?’
सरकारले केहि दिन अगाडी खेलकुद्का लागि पनि अनुमति दिइसकेको छ भने फिल्म क्षेत्रलाई भने सरकारले जोखिम क्षेत्र भन्दै हल खोल्न अनुमति दिएको छैन । फिल्मकर्मी सरकारले कहिले फिल्म हल खोल्न अनुमति दिन्छ र फिल्महल भित्र लागेको जालो पन्छाउँदै दर्शकलाई फिल्म देखाउने भनेर कुरि बसेका छन् ।
प्रतिक्रिया