सोनुलाई पन्जाबको ‘आइकन’ का रुपमा नियुक्त

मुम्बई । लकडाउनको समयमा प्रवासी मजदुर, विद्यार्थी, बिरामी, फ्रन्टलाइन कामदार र खाँचोमा परेकाहरुका उद्धार गरेर रियल हिरो बनेका थिए अभिनेता सोनु सुद । लकडाउनको समयमा भाडामा बसेकी एक महिला र उनका दुइ बच्चाको उद्धार गरेपछि थप चर्चामा आएका सोनुले किसानलाई टयाक्टर देखि जागिर गुमाएकी एक युवतीलाई जागिर लगाइ दिएका थिए ।

उनै सोनुलाई भारतको निर्वाचन आयोगले पन्जाबका लागि राज्य ‘आइकन’ का रुपमा नियुक्त गरिएको छ । उनलाई हालै पन्जाबको लागि राज्य आइकनमा नियुक्त गरिएको हो । आइकनमा नियुक्त भएपछि अभिनेता सोनु निकै खु्सी भएको बताएका छन् ।

उनले भने ,‘ म यो सम्मानका लागि निकै आभारी छु । पन्जाबमा जन्मिएको भएर होला मलाई यो नियुक्ति पाउँदा भावनात्मक हिसाबले धेरै ठूलो लागेको छ । मेरो राज्यलाई गौरव महसुस गराउन पाउँदा म निकै खुसी र प्रेरित भएको छु।’