भाइटीका झल्काउने उत्कृष्ट ३ गीत (भिडियो)

भाइटीका लक्षित केहि गीतहरु थुप्रै गीतहरु बजारमा आएका छन् । तर , ति मध्ये केहि गीतहरु सदावहार बनेका छन् । ति गीत सुनेपछि धेरैले भाइटीकाको झल्को पाउँनेछन् ।

‘निधारमा लर्काएर सप्तरंगी टिका’

फिल्म ‘विजय पराजय’मा समावेश रहेको गीत ‘निधारमा लर्काएर सप्तरंगी टीका’ बोलको गीतले तिहारको आभाव दिलाउनुको साथै भाइटीकाका लगाएको आभास गराउँछन । २०४७ सालमा प्रर्दशनमा आएका यस फिल्मका गीत भाइटीकामा बज्ने सबैभन्दा धेरै बज्ने र दर्शक स्रोतामाझ लोकप्रिय गीत हो ।

गीतलाई हेमलताले गाएकी हुन् भने फिल्मको निर्देशन राजेन्द्र सलभको छ । दिनेश अधिकारीका मर्मश्पर्शी शब्दहरुको उक्त गीतलाई वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले संगीतबद्ध गरेका छन् । अभिनेताद्वय भुवन केसी तथा कृष्ण मल्ल र अभिनेत्री रूपा रानाले उत्कृष्ट अभिनय गरेका छन् ।

‘हाँसेर बोल बहिनी’

फिल्म ‘माइती’मा समावेश यो भाइटीका गीतको चर्चा अहिले पनि उतिकै चर्चामा रहेको छ । अनिल संग्रौलाद्वारा निर्देशित उक्त फिल्ममा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ तथा निरुता सिंहले अभिनय गरेका छन् । यस गीतको संगीत लक्ष्मण शेषले भरेका हुन ्।

‘भाइटीकामा भेट्न आउँला‘

राजु लामाको स्वरमा रहेको यो गीत अहिले पनि उतिकै मात्रामा चर्चामा रहेको छ । तिहारको समयमा देउसी भैलो तथा सांगितिक माहोलमा यो गीत अत्यधिक बज्ने गीत हो । ‘भाइटीकामा भेट्न आउँला’ गीतले हरेक दाजुभाइ तथा दिदीबहिनीकोको याद दिलाउने गीत हो ।

२०५६ सालमा रेकर्ड भएको योगीतले चेली र माइतीको आत्मीयता समेटिएको छ । दिवंगत संगीतकार शुक गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।