आफ्नै भाञ्जीसँग दोस्रो विवाह गर्दै प्रभु

फिल्मका निर्देशकले आफ्नै भान्जीसँग विवाह गर्न लागेका छन् । बलिउड फिल्मका निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवाले आफ्नै भान्जीसँग विवाह गर्न लागेका हुन् । 

दर्जनौ बलिउड फिल्ममा कोरियोग्राफी तथा निर्देशन गनरेका प्रभुले आफ्नै भान्जीसँग विवाह गर्न लागेका हुन् । पछिल्लो समय आफ्नै भान्जीसँग डटे गरिरहेका खबर बाहिरिहेको छ ।

उनले दोस्रो श्रीमतीका रुपमा ति भान्जीलाई भित्राउन लागेका हुन् । भान्जीको नाम भने उल्लेख गरिएको छैन । प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि उनी एक्लै बस्दै आएका थिए । भारतिय मिडियाका अनुसार प्रभु देवाको सम्बन्धविच्छेद हुनुअघि दक्षिण भारतीय फिल्मकी अभिनेत्री नयनतारासँग नाम जोडिएको थियो । तर पछि उनले अर्कैसँग विवाह बन्धनमा बाँधिएका थिए । पहिलो श्रीमतीबाट तीन प्रभुका ३ सन्तान रहेका छन् ।