लागुऔषध मुद्दामा ७ घण्टा सोधपुछमा परे अर्जुन रामपाल
बलिउड अभिनेता अर्जुन रामपालालई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले ७ घण्टा सोधपुछ गरेको छ। लागुऔषध दुव्र्यसनी तथा ओसारपसार मुद्दामा एनसीबीले अर्जुनको ७ घण्टे वयान लिएको हो। सोधपुधका क्रममा अर्जुनले यस मुद्धाको छानविनमा पूर्ण रुपले सघाउने बताएका छन् ।
उनले आफ्नो कुनै लागुऔषध कारोबारीसँग सम्बन्ध नभएको र आफ्नो घरमा भएको औषधि तथा पे्रस्क्रिप्शन एनसीबीका अधिकारीलाई बुझाइसकेको बयानमा भनेका छन्। सुशान्तसिंह राजपुत निधनसँग जोडिएको बलिउड लागुऔषधको संलग्नता रहेको भन्दै एनसीबीले यसअघि दीपिका पादुकोण, रिया चक्रवर्ती लगायत फिल्मीकर्मीसँग वयान लिइसकेको छ।
प्रतिक्रिया