क्षमताले मात्र फिल्म क्षेत्रमा टिक्ने सलमानको भनाई
बलिउडका अभिनेता सलमान खानले नेपोटिज्मबादका बारेमा मुख खोलेका छन् । उनले रियालिटी शो ‘बिग बोस’मा चलिरहेको नेपोटिज्मको बहसमा आफ्नो धारणा राखेका हन् । उनले आफ्नो धारणा राख्दै भने,‘ आफ्नै मेहनतमा आजसम्म सफल रहँदै आएका शाहरुख खान, अक्षय कुमारको उदाहरण दिँदै सलमानले अभिभावकले आफ्ना सन्तानको मद्दत गर्नु नेपोटिज्म हुन्छ र?’
उक्त रियालिटी शोमा सलमानले कुनै पिताले आफ्नो बच्चालाई फिल्ममा आउन मद्दत गर्दछ भने त्यो नेपोटिज्म नभएको बताएका छन् । यदि फिल्ममा खेल्दा दर्शकले मन पराइदिएनन् भने पिता फिल्मका कुनै कलाकार निर्माता भएता पनि दर्शकको अगाडी केहि नलाग्ने बताएका छन् ।
उनले ‘शाहरुख र अक्षयको उदाहरण दिदै भने , ‘ दुबै आउटसाइडर हुन्।
उनीहरुको यो उद्योगमा कुनै कनेक्शन थिएन। तर पनि आफ्नो मेहनतको बलमा २०–३० वर्ष फिल्म उद्योगमा टिकेका छन् । त्यो टिक्नुको कारण नेपोटिज्म नभएर अभिनय क्षमतामा भर पर्छ ।’ अभिनेता अजय देवगन र सञ्जय दत्तको प्रसंग जोड्दै फिल्म उद्योगमा जो चल्नुपर्ने त्यो चलिहाल्ने सलमानको भनाई छ ।
Best reply by Salman Khan on nepotism. #bigboss14 pic.twitter.com/clfl7dvibv
— ?????? (@beingsaud27) October 31, 2020
प्रतिक्रिया