‘फिल्म क्षेत्र छिट्टै चलायमान हुन्छ’ : सञ्चारमन्त्री गुरुङ
फिल्मीकर्मीको मर्का बुझ्न भन्दै आज अचानक संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ चलचित्र विकास बोर्डमा पुगेका छन् । बोर्ड पुगेका संचार मन्त्री सहितको टोलीले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्र प्रसाद साँखी, सदस्य नरेद्र महर्जनलगायतसँग फिल्मको बारेमा कुराकानी गरेका छन् ।
बोर्डको अनुगमनमा पुगेका मन्त्री गुरुङ्गले बोर्डको नवरस सभा कक्षको उद्घाटन समेत गरेका छन् । हालै बोर्डले बैठक तथा तालिम र फिल्म सेन्सरको लागि भन्दै नयाँ सभा कक्षको निर्माण गरेको थियो । बोर्डका अध्यक्ष दाहालले कोरोना प्रभावका कारण फिल्म क्षेत्र शुन्य अवस्थामा रहेको संचारमन्त्रीसामु कुरा राखेका थिए । फिल्म क्षेत्र शुन्य अवस्थामा हुदाँ हजारौं फिल्मकर्मीहरु बेरोजगार हुनुपरेको भन्दै फिल्म क्षेत्रलाई बिशेष प्याकेज सहित तत्काल सुचारु गर्नुपर्नेमा जोड दिए ।
हिन्दी फिल्मको विकास शुल्कबाट नेपाली फिल्मको प्रवद्र्धन र विकास गर्न समस्याहरु देखिएकोले बोर्डको लागि छुट्टै बजेट ब्यवस्था गर्न दाहालले मन्त्री समक्ष प्रस्ताव राखेका छन् । फिल्म छायाँकनका लागि नेपाल, प्रदेशमा छायाँकन स्थल, समाजिक सुरक्षा कोष अन्तर्गत श्रमजीवि फिल्मकर्मीका लागि ब्यबस्थापन लगायतका योजनाहरुका बारमो अध्यक्ष दाहालले मन्त्रीलाई जानकारी गराएका छन् ।
बोर्डको कुरासुनेपछि मन्त्री गुरुङले छिट्टै फिल्मले पनि कोल्टे फेर्ने बताएका छन् । समस्याहरुको पहिचान गरि क्रमश रुपमा समाधान गर्दै जाने र समाजको यथार्थलाई प्रस्तुत गर्ने फिल्म क्षेत्र सबैको नजरमा पर्ने भएका कारण यसको विकासको लागि कुनै कसुर बाँकी नराख्ने मन्त्री गुरुङले आश्वासन दिए । उनले छिट्टै फिल्म क्षेत्र चलायमान हुने र मौलिक फिल्मलाई प्रोत्साहन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मन्त्रालयले सहयोग गर्ने बताए ।
मन्त्री गुरुङले भने , ‘कलाकार र फिल्म क्षेत्रबाट पनि नेपाललाई समृद्व बनाउन आबश्यक रहेकोले यसलाई सँगसँगै लिएर जानुपर्ने आजको आबश्यकता हो । यसलाई मध्यनजर गर्दै बोर्डको लागि आबश्यक सहयोग गर्न सरकार तयार रहेकोले कतिपनि बिच्चलित नभई काम गर्न बोर्डलाई अनुरोध छ ।’
प्रतिक्रिया