नाजिया बनिन् १२औं करोडपति

बलिउड अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने रियालिटी शो ‘कौन बनेगा करोडपति’ को १२ औं संस्करणमा नाजिया नसिम करोडपति बनेकी छन् । उनले बुधबार १२ औं संस्करणको पहिलो करोडपति बन्ने अवसर पाएकी हुन् । दिल्ली घर भएकी नाजिया १२ औं संस्करणको पहिलो करोडपति बन्न सफल भएकी हुन् । मंगलबारबाट सुरु भएको नाजियाको खेल बुधबारसम्म लम्बिएको थियो ।

निकै क्षमतावान नाजियालाई १ करोडको लागि ४ वटा अप्सन राखेर भनिएको थियो कि कुन अभिनेत्रीले एक पटक सर्वश्रेष्ठ महिला प्लेब्याक गायिकाका लागि राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन्? उनको जवाफमा दिपिका चिखलिया, रुपा गान्गुली, नीना गुप्ता वा किरन खेरमध्ये एक रोज्नुपर्ने थियो।  उक्त प्रश्नको जवाफ नाजियाले निर्धक्कका साथ भनिन्, रुपा गान्गुली।

उनको यहि जवाफले दिलायो १ करोड रुपैया । उनले इन्डिया एक्सप्रेससँगको कुराकानीमा भनेकी छिन् ,‘ मेरो २० वर्ष अघिदेखिको सपना पूरा भएको छ ।’ उनको क्षमता देखेर कार्यक्रम संचालक अमिताभ बच्चनले नाजियाजस्ता प्रतियोगी निकै कम हुने बताएका छन् । भारतिय एक मिडियासँग कुराकानी गर्दै ,यस्ता क्षमतावान मान्छे निकै कम हुने भन्दै टिप्पणी गरेका थिए। मध्यमबर्गिय परिवारमा जन्मिएकी नाजियाले उपलब्धी हात पार्नुमा आफ्नी आमाको हात रहेको भारतिय मिडियामा भनेकी छन् ।