आजबाट ६३ बर्षका भए हरिवंश
नेपाली हाँस्यब्यङ्ग्य गजतमा सफल हास्य अभिनेता हुन् हरिवंश आचार्य । वि.सं २०१४ साल कात्तिक २७ गते जन्मिएका हरिवंशले सयौँ हास्य प्रहसन गरेर दर्शक हँसाएका छन् । काठमाण्डौको गौरीधारामा जन्मिएका हरिवंशले आफ्नो अभिनयको सुरुवात वि.सं २०३१ सालमा रेडियो नेपालको नाटकमा काम गरेर सुरु गरेका थिए ।
विस्तारै राष्ट्रिय नाँचघरमा आवद्ध भएका हरिवंशले गाइजात्रा महोत्सवमा भाग लिए । मदनकृष्णसँग जोडी बाँधेर हास्य व्यङ्यमा होमिएका उनले ‘लोभीपापी, राजमती, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री, शत्रु गते, बलिदान,दाल भात तरकारी’ जस्ता सफल फिल्म निर्माण गरेका छन् ।
हरिवंशले अभिनय गरेका हास्य सिरियल ‘भाइरस, विज्ञापन, लक्ष्मी, असल लोग्ने, कालाजार, पानी, राजमार्ग, कान्तिपुर, ओहो, सुर बेसुर, बनपाले, रात, चिरञ्जीवी, दशैं, पन्ध्र गते, शान्ती’ जस्ता टेलिभिजनबाट प्रसारित सिरियलले दर्शकको मन जित्यो । केहि दिन अघि मात्र कोरोनाबाट मुक्त भएका हरिवंशले कोरोना महामारीका कारण जन्मदिनको विशेष कार्यक्रम आयोजना गरेका छैनन् । सामान्य तरिकाले जन्म दिन मनाएका हरिवंशलाई मेरो फिल्मको तर्फबाट लाखौ लाख शुभकामना ।
प्रतिक्रिया