एकहोरो बनाउने मलिना

अभिनेत्री हुन् मलिना जोशी । त्यो अघि उनको परिचय बनेको थियो मिस नेपाल । मिस नेपाल र अभिनेत्री मलिना जोशी प्रेममा छिन् । प्रेमले मानिसलाई सिकाउँछ धेरै कुरा । उनलाई पनि सिकायो । झन्, जीम ट्रेनरको प्रेममा परेपछि भएन कुरा ।

मलिना जोशीले आफूलाई बदलिन् । प्रेमीसँग उनले जीममा व्यायम गरिन् । मलिनाको आफ्नो शरीर बनाउनका लागि गरेको मेहेनत सबैले देखे । मलिना बदलिइन् । उनलाई हरेक पहिरन फिट र आकर्षक देखिन थाले । मलिनाको इन्स्टाग्राममा फोटो पोष्ट गर्ने मोह यहीबाट पनि देखिएको होला ।

मलिना जोशी एकहोरो हेरीरहँु लाग्छ भन्छिन् । कसलाई भन्न पर्दैन । तर, उनको फोटो हेर्नेलाई भने उनलाई नै एकहोरो हेरिरहन मन लागेको होला ।